← समाचारमा फर्कनुस्
Cricket Nov 17, 2025 · Swadesh

काठमाडौंको विजयी सुरुआत

काठमाडौंको विजयी सुरुआत

काठमाडौं। काठमाडौं गुर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुआत गरेको।


त्रिवि क्रिकेट रंगशालामा सोमबार भएको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता जनकपुर वोल्टसाई ५ विकेटले पराजित गरेको हो।


जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।


काठमाडौंका लागि आकाश त्रिपाठी र बेन चार्ल्सवर्थको विशाल साझेदारीसँगै गरे। बेनले सर्वाधिक ४६ रन बनाए। २३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए। मिलिन्दा कुमार १९ र भीम सार्की ३ रनमा आउट भए।


किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमुर्तिले समान १ विकेट लिए।


त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो।


ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए। उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।


उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो। तर,मयन यादवले बलमा रनको इनिङ्स खेल्दै जनकपुरलाई उकासे।


काठमान्डौंका मिलन्दाले सर्वाधिक ३ विकेट लिएर ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। शहाब आलम र सन्तोष यादवले समान एक विकेट थपे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →