← समाचारमा फर्कनुस्
काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ। खेल दिउँसो ४ बजेदेखि सुरु हुँदैछ।
काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेल जितेर प्रतियोगितामा विजयी सुरुवात गरेको छ भने सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा पहिलो खेल खेल्दैछ।
काठमाडौँ करण केसीको कप्तानीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडीसहित यो सिजन खेल्दैछ।
दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित छ। सुदूर साविक उपविजेता हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |