TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 12, 2026 · Swadesh

काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि

काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि

काठमाडौं। स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीका अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि काठमाडौँ किकर्स फुटबल एकेडेमीले जितेको छ।


बिहीबार डीएभी विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा काठमाडौँ किकर्सले जावलाखेल युथ क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै उपाधि उचालेको हो। निर्धारित समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए।


त्यस्तै, तेस्रो स्थानका लागि मारियो ग्रासरुट स्पोर्ट्स क्लब र एजी–१० फुटबल एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै एजी–१० फुटबल एकेडेमी विजयी भई तेस्रो स्थान हासिल गर्न सफल भयो।


प्रतियोगितामा बोलपुर टप क्लबले ‘फेयर प्ले अवार्ड’ जित्न सफल भयो।


विधागततर्फ काठमाडौँ किकर्सका कबिर तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। एजी–१० फुटबल एकेडेमीका सिद्धान्त राय सर्वाधिक गोलकर्ता बने भने जावलाखेल युथ क्लबका जयन्द्र चौधरी उत्कृष्ट गोलकिपर घोषित भए।


उपाधि विजेता काठमाडौँ किकर्सले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता जावलाखेल युथ क्लबले १० हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेको आयोजकले जनाएको छ।


प्रतियोगितामा राष्ट्रिय खेलाडी विशाल सुनार तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको सहभागिता रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →