चितवनलाई काठमाडौंको ११२ रनको सामान्य लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गर्खाजले चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो।
काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। उनले ४१ बलमा एक चौका प्रहार गरे। माइकल लेभिट २५ रनमा आउट भए भने डान डाउथवेटले १९ रनमा अविजित रहे। शंकर रानाले १६ रन बनाए। कप्तान करन केसी, भिम सार्की र साहव सालम एक रनमा आउट भए।
खराब सुरुआत गरेको काठमाडौंले पहिलो विकेटको रुपमा स्टेफन स्किनाजीलाई दुई रनमा गुमाएको थियो। उनि दोस्रो ओभरको पहिलो बलमा सोहेल तन्वीरबाट आउट भए।
चितवनाका लागि बलिङतर्फ सोहेल तन्वीरले चार ओरभमा २१ रन खर्चिएर पाँच विकेट लिए। कप्तान कुशल मल्ल, अमरसिंह राउटेला, लुक बेन्केनस्टेइन र रिजन ढकालले समान एक एक विकेट हात परे।
यस्तै दोस्रो खेलमा जनकपुर वोल्ट्सले कर्णली याक्सको सामना गर्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |