← समाचारमा फर्कनुस्
लुम्बिनीलाई काठमान्डूले दियो ११२ रनको लक्ष्य

काठमाडौँ। इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन बनायो।
खराब सुरुआत गरेको काठमान्डूले पावरप्लेमै ५ विकेट गुमाएर २९ बनाएको थियो। काठमान्डूका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए।
महोमद आदिल आलम र जोन सिम्सनले समान १८ रन बनाए। यस्तै, भिम सार्की १४, कप्तान करण केसीले ९ रन बनाए।
लुम्बिनीका शेर मल्ल र कप्लेतान रोहित कुमार पौडेलले समान ३ विकेट लिए। रुवेश ट्रम्पलम्यानले २, अभिषेक गौतम १ विकेट लिए।
यस खेलको विजेताले फाइनल प्रवेशको लागि विराटनगर किंग्ससँग बिहिवार खेल्ने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |