← समाचारमा फर्कनुस्
Cricket Dec 02, 2024 · Swadesh

काठमाडौंमाथि चितवनको जित

काठमाडौंमाथि चितवनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको  दिनकाे पहिलो खेलमा चितवनले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको हो।

काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा ११४ रन बनाएर पूरा गर्यो। 

चितवनको लाति ब्याटिङतर्फ सन्तोष कर्कीले सर्वाधिक २८ रन बनाए। लुक बेन्केनस्टेइनले २२ रन जोडे। उनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरे। कप्तान कुशल मल्ल र रबी बोपाराले समान ११ रन बनाए। 

ओपनर हसन इशाखिल १२ रन बनाउँदा शरद भेषवाकर ११ रनमा अविजित रहे। 

यता, बलिङतर्फ काठमाडौंका लागि साहव आलमले तीन तथा डान डाउथवेट र जेरार्ड इरास्मसले समान एक एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →