← समाचारमा फर्कनुस्
Football Dec 21, 2023 · Nepalsports

वीरगन्जको काठमाण्डौं माथि सानदार जित

वीरगन्जको काठमाण्डौं माथि सानदार जित

नेपाल सुपर लिग एनएसएलमा बिरगन्ज युनाईटेडले जित निकालेको छ। दशरथ रंगशालामा बिहीबार बिरगञ्जले साविक विजेता  काठमाण्डौं रेजर्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 

बिरगन्ज युनाईटेडका लागि विलियम ओपोकुले ह्याट्रिक तथा सुनिल खड्काले एक गोल गरेको थियो।काठमाण्डौंका लागि जुनियर एन्कुन्गेले गोल गरेको थियो ।

खेलको २०औं मिनेटमा बिरगन्जका डिफेन्डरहरूले राम्रोसंग क्लियर गर्न नसक्दा जुनियर एन्कुन्गेले गोल गरेको थियो। खेलको ३७औं मिनेटमा काठमाण्डौंले अग्रता दोब्बर गर्ने मौका पाएको थियो । बिरगन्जका डिफेन्डरले हिसुबलाई डि-बक्स भित्र फाउल गरेपछि काठमाण्डौंले पेनाल्टी पाएको थियो तर शोखरुखले प्रहार गरेको पेनाल्टी किपर दीप कार्कीले बचाउ गरेको थियो ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै बिरगञ्जलाई २–१ को अग्रता दिलाएको थियो ।त्यस्तै खेलको ५५ औं मिनेटमा विलियमले कर्नरमा हेडमार्फत तेस्रो गोल गरेको थियो।

त्यसको दुई मिनेटपछिनै विलियमले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेको थियो। विलियमले काठमाण्डौंका गोलकिपर अघि बढेको अवस्थामा डिबक्स बाहिरबाट प्रहार गर्दै उत्कृष्ट गोल गरेको थियो। खेल विरगन्ज ४-१ काठमाण्डौं गोलको नतिजामा सकिएको थियो।

यस हार पछि काठमाण्डौंको लागि प्लेअफ राउण्डमा स्थान बनाउन निकै कठिन भएको छ। काठमाण्डौंले अब बाकी खेलमात्र जितेर भएन अरू टोलीको नतिजामी पनि भरपर्नु पर्नेछ।

यस जित संगै बिरगन्जले ७ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । हार पछि काठमाण्डौं ९ अंक सहित पाँचौं स्थानमा यथावत छ । 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →