काठमाण्डौंको पुनरागमन जित, तेस्रो स्थानमा उक्लियो

जारी नेपाल सुपर लिग एनएसएलमा काठमाण्डौं रेजर्सले पुनरागमन जित निकालेको छ। पोखरा थन्डर्ससंग १-० गोलले पछि परेको अवस्थालाई उल्टाउदै २-१ले जित हात पारेको हो।
दशरथ रंगशालामा पोखरा थन्डर्सका लागि आयुश घलानले गोल गरेको थियो। त्यस्तै काठमाण्डौं रेजर्सका लागि जुनियर एनकेनगुई र शोख्रुक महामदजोजियवले समान एक एक गोल गरेको थियो।
खेलको ५७ औं मिनेटमा आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।
खेल ८३औं मिनेट जुनियर एनकेनगुईले गोल फर्काउदै खेल १-१ को बराबरीमा ल्याएका थिए । पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले प्रहार गरेको गोल गरेको थियो ।
खेलको इन्जुरी समयमा शोख्रुक महामदजोजियवले गोल गर्दै काठमाडौंलाई शानदार जित दिलाए । पोखराका गोलकिपर अघि बढेको अवस्थामा बललाई 'चिप' गर्दै उनले गोल गरेका थिए ।
यस जित संगै काठमाडौंले ८ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हारेको पोखरा तालिकाको पोखरा समान अंक भएपनि चौथों स्थानमा झरेको छ ।
भोलीको खेल बुटवल लुम्बिनी र झापा एफसी बिच ५ः०० बजे हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |