← समाचारमा फर्कनुस्
Cricket Nov 28, 2025 · Swadesh

काठमान्डू गोर्खाजको तेस्रो जित

काठमान्डू गोर्खाजको तेस्रो जित

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा काठमान्डू गोर्खाले तेस्रो जित दर्ता गरेको छ।


त्रिवि क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा काठमान्डूले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको हो। काठमान्डू गोर्खाजले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले ८९ रनमा अलआउट भयो।


चितवनका लागि देव खनालले १८ बलमा दुई चौका र एक छक्काको सहयोग २१ रन बनाए। रबि बोपराले २३ बलमा २१ रन बनाएर आउट भए। सोहेल तानभिरले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा १८ रन बनाएर बोल्ड आउट भए। कमल एैरीले ९ रन बनाए।


काठमान्डूका लागि कप्तान करण केसी, मिलिन्द कुमार, सन्तोष यादव र राशिद खानले समान दुई विकेट लिए।


त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको काठमान्डूले निर्धारित १९।३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। 


काठमान्डूको लागि जोन सिम्पसनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै ६० रनमा आउट भए। मिलेन्द कुमारले ३८, ओपनर बेन चार्ल्सवर्थले १४ बलमा १३ रन बनाए। 


यता, चितवनको लागि सोहिल तानविरले चार ओभरमा चार विकेट लिँदै २५ रन खर्चिए। कमल एैरी दुई, रञ्तिक कुमार तथा रबी बोपराले समान एक विकेट लिए।


यो सँगै काठमान्डूले पाँच खेलबाट ६ अंक जोडेको छ भने चितवन चार खेलबाट दोस्रो हार ब्यहोरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →