← समाचारमा फर्कनुस्
Football Nov 25, 2023 · Nepalsports

नेपाल सुपर लिग : राजीवको गोलमा काठमाडौँको विजयी शुरूआत

नेपाल सुपर लिग : राजीवको गोलमा काठमाडौँको विजयी शुरूआत

साविक विजेता काठमाडौँ रेजर्सले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार सम्पन्न खेलमा काठमाडौँले नवप्रवेशी स्पोर्टिङ् इलाम डी मेचीलाई पराजित गर्दै विजयी शुरूआत गरेको हो। इलामका लागि राजीव लोप्चनले गरेको गोल नै निर्णायक रह्यो।

पहिलो हाफको अन्त्यतिर इलामले अग्रता लिने मौका गुमायो। जितेन्द्र कार्कीले करिब २५ यार्डबाट गरेको शक्तिशाली फ्रिकिकलाई काठमाडौँका गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए।

खेलको ५१औँ मिनेटमा काठमाडौँले अग्रता लियो। कर्नरमा आएको बललाई गिल्सन खामिरले हेडिङ गरेका थिए। उक्त बललाई बचाउन इलामका गोलरक्षक तथा कप्तान विकेश कुथु अगाडी बढे। तर, उक्त बल नियन्त्रणमा लिन नसक्दा राजीवले गोलमा परिणत गरे। उनले दोस्रो प्रयासमा खामिरसँग मिलेर बललाई जालि चुमाएका हुन्।

त्यसपछि दुवै टोलीले केही प्रयास गरेपनि गोलमा परिणत गर्न सकेनन्। जितसँगै काठमाडौँले ३ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →