← समाचारमा फर्कनुस्
Cricket Oct 23, 2025 · Swadesh

कर्णाली याक्सको जर्सी सार्वजनिक

कर्णाली याक्सको जर्सी सार्वजनिक

काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको  छ । 


कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन् । 


कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ  । जसले कर्णाली प्रदेशको भौगोलिक र साँस्कृतिक महत्व पनि राख्नेछ । 


दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट 3 नोभेम्बरमा गर्दैछ । 


२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।


दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । 


यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् । विपिनसँगै दीपेन्द्र, अर्जुन र युनिससिंह कर्णाली प्रदेशकै खेलाडी हुन् । 


त्यस्तै, क्लबले पहिलो विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ । २९ वर्षीय वाटले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन् । यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →