← समाचारमा फर्कनुस्
Cricket Aug 20, 2026 · Swadesh

कर्णाली याक्सको ’एपरेल पार्टनर’ एभर राइज

कर्णाली याक्सको ’एपरेल पार्टनर’ एभर राइज


काठमाडौं,भदौ ४ः कर्णाली याक्सको लागि एभरराइज स्पोर्टस प्रालि एपरेल पार्टनरको रूपमा आबद्ध भएको छ । 
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र  एभर राईज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले विहिबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

 यो सम्झौतासँगै कर्णालीले तेस्रो सिजनको एनपिएलमा एभर राइजको पोशाक लगाउनेछ। गत संस्करण पनि एभर राइज नै कर्णालीको एपरेल पार्टनर रहेको थियो। एभर राइज भारतीय स्पोर्टस वेयर कम्पनी हो।

यो सम्झौतापछि कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले लगातार दोस्रो वर्षको सहकार्यको लागि एभर राइजलाई धन्यवाद दिए। गत संस्करण एपरेल पार्टनरको रूपमा गरेको सहकार्य उत्कृष्ट रहेको कारण पनि यो पटक निरन्तरता दिएको मल्लले बताए। 

एभर राइजका निर्देशक शेख मोहम्मद सभमनले लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै खुसी र गर्व महसुस गरेको भन्दै एभरराइज प्रतिको विश्वास, साथ र सहयोगका लागि धन्यवाद दिए। 
सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले मिनि अक्सनबाट १३ खेलाडी टिममा अनुबन्धित गरिसकेको छ। एनपिएल अक्टोबर २६ देखि सुरू हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →