लुम्बिनी लगातार दोस्रो पल्ट फाइनलमा

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लगातार दोस्रो पल्ट नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । तेस्रो सिजनको मंगलबार कीर्तिपुरको टीयू मैदामना भएको क्वालिफायर–वानमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले हराएको हो ।
सुदूरपश्चिममाथि लुम्बिनीको यो लगातार तेस्रो जित पनि हो । लुम्बिनी प्ले–अफमा अहिलेसम्म आफूले खेलेका खेलमा अपराजित रहेको छ । सुदूरपश्चिम भने प्ले–अफमा पहिलो पटक पराजित भएको हो । यसअघि सुदूरपश्चिम दुवै क्वालिफायर–वानमा विजयी रहेको थियो ।
जितका लागि १ सय ६ रनको लक्ष्य पाएको लुम्बिनीले चार विकेट गुमाएर १६.४ ओभरमा १ सय ८ रन बनाएको हो । यसमा निरोशन डिकवेलले प्रमुख भुमिका खेले । उनले ३७ बलमा ५९ रन बनाए र नटआउट रहे । उनले सात चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले पनि २१ रन जोडे ।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले खराव सुरुआतको शिकार हुँदै आठ विकेटमा १ सय ५ रन बनाएको हो । आठ रन मात्र बनाउँदा तीन विकेट गुमाएको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए ।
उनले ५१ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरे । यस्तै इशान पाण्डेले २७ रन थपे । उनीहरू दुई जनालाई छाडेर अरू कसैले दोहोरो अंकको रन बनाउन सकेनन् । लुम्बिनीका बलरमध्ये रुबेन ट्रम्पलमेन र शेर मल्लले दुई दुई विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |