← समाचारमा फर्कनुस्
फ्रान्कसामु प्यालेसलाई रेलिगेसन जोगाउने जिम्मेवारी

इंग्लिस प्रिमियर लिगको अंक तालिकामा पुछारमा रहेर संघर्ष गरिरहेको क्रिस्टल प्यालेसले सोमबार आफ्नो नयाँ प्रशिक्षक घोषणा गरेको छ र उनी रहेका छन्, अनुभवी थोमस फ्रान्क । अब यी डेनिस प्रशिक्षकको जिम्मेवारी हुनेछ, टिमलाई रेलिगेसनबाट जोगाउने ।
फ्रान्कले अहिले प्यालेससँग साढे दुई वर्षको अनुबन्ध गरेका छन् । प्यालेस दस खेलबाट सात अंकमा २० औं स्थानमा छ र लगातार खराव प्रदर्शन गरिरहको छ । यसैक्रममा प्यालेसले पएरे सेजलाई वर्खास्त गरेको थियो । उनको नेतृत्वमा प्यालेसले १६ खेल मात्र खेलेको थियो ।
लिगका यी दस खेलमा प्यालेसले अविश्वसनीय ढंगले २४ गोल खाएको छ । फ्रान्कले यसअघि टोटनहमको जिम्मेवारी सम्हालेका थिए, तर त्यहाँबाट उनी वर्खास्तीमा परे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |