← समाचारमा फर्कनुस्
Football Sep 15, 2024 · Swadesh

कर्णालीको पोस्टमा एपिएफको आधा दर्जन गोल

कर्णालीको पोस्टमा एपिएफको आधा दर्जन गोल

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि फराकिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न भएको खेलमा एपिएफलले कर्णालीमाथि ६-० को जित हासिल गरेको हो।

एपीएफकाे जितमा रश्मी कुमारी घिसिङले दुई गोल गर्दा निशा थोकर, गिता राणा मगर र हेमा रावतले समान एक गोल गरे। कर्णालीकी वर्षा ओलीले आत्मघाती गोल गर्दा एपिएफको गोल सङ्ख्या आधा दर्जन पुग्यो।

पहिलो हाफमा ३-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।।

जितसँगै एपिएफले अपराजित यात्रा कायमै राखेको छ। पाँच खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ भने कर्णालीको यो लगातार चौंथो हार हो। कर्णालीले पाँच खेलबाट मात्र एक अंक जोडेको छ र उ तालिकाको नवौं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →