अन्तिम खेलमा पनि हार्यो लुम्बिनी, कर्णालीको प्लेअफ सम्भावना बलियो

काठमाडौं । लुम्बिनी लायान्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग पाँच रनले पराजित गरेको छ। यो जितसँगै कर्णालीको प्लेअफको सम्भावना बलियो बनेको छ।
कर्णाालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२३ रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाए। उनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे।
यस्तै सन्दीप जोरा २४, अशुतोष घिरैयाले १६, अर्जुन साउद १३ तथा कप्तान रोहितकुमा पौडेलले १० रन बनाए। साद बीन जफरले १६ रन बनाउँदै रन आउट भए।
यता, बलिङतर्फ कर्णालीका लागि जिसन मक्सुतले दुई, सोमपाल कामी, नन्दन यादव, बिपिन शर्मा र विलियम बोसिस्टोले समान एक एक विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनाएको थियो।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे।
यस्तै अर्जुन घर्तीले २५ रन बनाउँदा बाबर हायतले २० रन बनाए। चार्डविक वाल्डनले १३ रन बनाए भने गुलसन झाले आठ रन बनाएर आउट भए।यता, बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारी र बिकास आग्रीले समान दुई विकेट लिए। कप्तान रोहितकुमार पौडेल, साद बीन जफर र रेमन सिमण्ड्सले समान एक एक विकेट हात पारे।
यसअघि नै प्लेअफबाट बाहिरिएको लुम्बिनीले सात खेलमा दुई अंक रहेको छ। विजयी कर्णालीको भने कर्णालीको आठ अंक पुगेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |