← समाचारमा फर्कनुस्
Cricket Dec 02, 2024 · Swadesh

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएपछि जनकपुरले १४२ रनको लक्ष्य पाएको हो।

कर्णालीका लागि गुलसन झाले सर्वाधिक ३६ रन बनाए। उनले २७ बलको सामना गर्दै एक चौका र तीन छक्का प्रहार गरे। यस्तै २२ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका गर्जुन ३३ रनमा आउट भए। 

कप्तान सोमपाल कामीले १३ बलकाे सामना गर्दै २९ रनमा अविजित रहे।

शिखर धवानले १४ बलमा तीन चौकाको सहयोगमा १४ रन बनाएर आउट भए। बाबर आयतले १२ रन बनाउँदा चाडविक वाल्टनले रन बनाए। 

यता, कर्णालीको ब्याटिङ क्रम धोस्त पार्ने क्रममा जनपुरका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई विकेट लिए। यस्तै, ललित राजवंशी, किशोर महतो, जिमि निसम र हर्ष थाकरले समान एक एक विकेट हात पारे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →