← समाचारमा फर्कनुस्
जनकपुरलाई ११९ रनको लक्ष्य

काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरको खेलमा जनकपुर बोल्टसलाई ११९ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो।
कर्णालीको लागि गुलसन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए।
विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनसि ठकुरीले समान १२ रन बनाउँदा चार्डविक वाल्टन ११ रनको योग्दान दिए।
यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी, मोमहद मोहसिन र जिमि निसमले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे।
कर्णाली एलमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |