← समाचारमा फर्कनुस्
Cricket Dec 18, 2024 · Swadesh

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

काठमाडौँ । चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

कर्णालीले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो।

चितवनका लागि ब्याटिङतर्फ रबि बोपराले अर्धशतकीय पारी खेले। उनले ३४ बलमा ५३ रन बनाएर आउट भए।

यस्तै, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, ल्युक बेन्केनस्टेनले १७ रन बनाए। आउट भए। 

यता, कर्णालीका लागि बलिङतर्फ जयकिसन कोल्सावालाले तीन विकेट लिँदा कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट हात पारे।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो।

कर्णालीका लागि ब्याटिङतर्फ ओपन जयकिसन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतकीय पारी खेले। ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका कोल्सावाला ५३ रनमा आउट भए। 

विलियम बोसिस्टाले ५२ रन बनाउँदा, चार्डविक वाल्टन २३ बलमा ४६ रनमा अविजित रहे।

ओपनर रित गौतम र गुलसन झा शून्य रनमा आउट भए भने जिसन मक्सुदले १४ रनको योग्दान गरे। यस्तै, देव खनाल तीन रनमा आउट भए। 

यता, बलिङतर्फ चितवनका लागि सोहेल तनबिरले दुई विकेट लिँदा शरद भेषवाकर, कप्तान कुशल मल्ल, रबि बोपाराले समान एक एक विकेट हात पारे। 

हारसँग चितवन बाहिरिएको छ भने कर्णालीले दोस्रो क्वालिफायर खेल्ने भएको छ। उसले सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पराजित हुने टोलीसँग बिहिवार खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →