← समाचारमा फर्कनुस्
Cricket Dec 16, 2024 · Swadesh

कर्णालीले सुदूरलाई दियो १०२ रनको लक्ष्य

कर्णालीले सुदूरलाई दियो १०२ रनको लक्ष्य

काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनायो। 

कर्णालीका लागि जिसन मक्सुदेले सर्वाधिक ३० रन बनाए। यस्तै, विलियम बोस्सिटो १६, ओपनर बाबर हायत १३, चार्डविक वाल्टनले ११ रनमा आउट भए।

कप्तान सोमपाल कामीले ११ रन बनाउँदा गुलसन झा दुई रनमा आउट भए। 

यता, सुदूरका लागि बलिङतर्फ हर्मित सिंहले तीन, कप्तान दिपेन्द्र सिंह ऐरीले चार ओभर बलिङ गर्दै २० रन खर्चिएर दुई विकेट लिए। स्कट कुगेलिन र सेफ जइबले समान एक एक विकेट हात पारे

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →