← समाचारमा फर्कनुस्
कर्णालीले पायो १५७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले कर्णालीलाई १५७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रन बनाए। उनले चार चाैका र एक छक्का प्रहार गरे। रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए।
कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, र्माक वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए।
लुम्बिनीले यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनाेजलाई ४ विकेटले पराजित गरेकाे थियाे भने कर्णाली चितवनसँग पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |