← समाचारमा फर्कनुस्
Football Sep 11, 2024 · Swadesh

केनको गोलमा इंग्ल्याण्ड विजयी

केनको गोलमा इंग्ल्याण्ड विजयी

काठमाडौं । कप्तान ह्यारी केनको गोलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि विजयी हासिल गरेको छ। 

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले फिनल्याण्डलाई २–० गोलले पराजित गरेको हो। 

कप्तान ह्यारी केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए। खेलको ५७औं मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए।

केनले ७६औं मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो। त्यसपछि दुवै टिमले गोल नगर्दा इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भयो। केनले 

यही समूह २ मा रहेको ग्रीकले आयरल्याण्डलाई पनि २–० गोल अन्तरले पराजित गरेको छ। 

जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन्। आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →