बैग्लोरविरुद्ध कोलकत्ताको शानदार जित

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शानदार जितनिकालेको छ ।
घरेलु मैदान इडन गार्डेनमा सम्पन्न खेलमा कोलकोताले बैंगलोरलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
कोलकोताले जितका लागी दिएको २०५ रनको लक्ष्य पछाएको बैंग्लोर १७.४ ओभरमा १२३ रन मात्रै बनाउदै अलआउट भयो।
बैंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ रन बनाउदा विराट कोहलीले २१ रन बनाए। त्यस्तै मिचेल ब्रासवेलले १९ रआकाश दीपले १७ रन बनाए।
कोलकोताका लागी वरुण चक्रवर्तीले सर्वाधिक ४,सुयाश शर्माले ३,त्सुनिल नारनले २ र श्रदुल ठाकुरले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
कोलकोताका लागि श्रदुल ठाकुरले सर्बाधिक ६८ रन बनाउदा रह्मनुल्लाह गुरबाजले ५७ र रिंकु सिंहले ४६ रन बनाए।
बैंग्लोरका लागी डेविड विली र कणर् शर्माले २-२ विकेट लिदा मोहमद सिराज, मिचेल ब्रासवेल र हर्षल पटेलले समान १-१ विकेटलिए।
यो संगै समान दुई-दुई खेल खेलेका दुवै टोलिको दुई अंक भएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |