← समाचारमा फर्कनुस्
Football Dec 08, 2023 · Nepalsports

बीरगञ्ज र झापाले अंक बाँडे

बीरगञ्ज र झापाले अंक बाँडे

काठमाडौँ, मंसिर २२ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलका बीरगञ्ज र झापाले पाएको केहि राम्रो अवसरलाई सदुपयो नगर्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको ११औँ मिनेटमा झापाका लक्ष्मण रुचालको कर्नर पासमा समान्डर ओचिलोचले करिब १० यार्ड टाढाबाट प्रहार गरेको बललाई बीगरञ्जका गोलरक्षक तथा कप्तान दीप कार्कीले मुस्किलले बचाए।

४७औँ मिनेटमा बीरगञ्जका कृपाकान्त थारुले गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो। सोहि क्रममा रिबाउन्ड बललाई ओबेद ओसुउले ८ यार्डबाट गरेको प्रहार झापाका गोलरक्षक सुपिचले उत्कृष्ट बचाउ गरे। 

७२औँ मिनेटमा झापा १० खेलाडीमा समेटियो। झापाका अन्तिम डिफेन्स योगेश गुरुङले बीरगञ्जका ओपोकुलाई पछाडिबाट तान्दै लडाए। लगतै रेफ्रि राम दसनले योगेशलाई सिधै रोतो कार्ड दिए।

८९औँ मिनेटमा बीरगञ्जका तेजले प्रहार गरेको फ्रिकिक माथिल्लो बारमा लागेर बहिरियो। त्यसपछि इन्जुरी समयमा झापाका उज्वल राईले लेफ्ट साइडबाट गरेको प्रहार दोस्रो बारको कर्नमा लागेर फर्कियो।

यो सँगै समान ४ खेलबाट ३ अंक बनाएको झापा ८औँ स्थानमा रहेको छ भने बीरगञ्ज २ अंकसहि पूछारमा स्थानमा यथावत रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →