← समाचारमा फर्कनुस्
धनगढी झापासंग पराजित

जारी नेपाल सुपर लिग एनएसएलमा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० ले पराजित गरेको हो । धनगढीको यो लिगको पहिलो हार रहेको छ।
झापाका लागि अन्जन विष्ट र समिराज थोकरले समान एक एक गोल गरेका थिए।
झापाको लागि खेलको ५२ औं मिनेटमा छिरिङ लामाको क्रसमा अन्जनले हेडर गोल गर्दै अग्रता दिलाएको थियो ।
त्यस्तै खेलको ७७ औं मिनेटमा समिराज थोकरले गोल गर्दै अग्रता दोब्बर बनाएको थियो।
यस जित संगै झापा ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको चौथों स्थानमा उक्लिएको छ । हार पछि धनगढी ७ खेलबाट १२ अंक सहित दोस्रो स्थानमा यथावत रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |