← समाचारमा फर्कनुस्
Cricket Jul 11, 2025 · Swadesh

स्कटल्याण्ड पुरुष टि२० विश्वकप २०२६ युरोप छनोट बाट बाहिरियो

स्कटल्याण्ड पुरुष टि२० विश्वकप २०२६ युरोप छनोट बाट बाहिरियो

स्कटल्याण्ड पुरुष टि२० विश्वकप २०२६ युरोप छनोट बाट बाहिरिएको छ।जर्सीले आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई अन्तिम बलमा एक

विकेटले पराजित गरेको हो। यो जर्सीले पहिलो पटक स्कटल्याण्डलाई

पराजित गर्दै हो। यस जित पछि अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकप २०२६ मा छनोट हुने आशा जीवित रहेको छ।

जर्सीको सम्भावना अब इटाली र नेदरल्याण्ड्स बीचको खेलमा निर्भर हुनेछ।

स्कटल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य जर्सीले निर्धारित २० ओभरको अन्तिम बलमा पूरा गरेको थियो । जर्सीका लागि सर्वाधिक रन निक ग्रीनउडले ३६ बलमा ७ चौका प्रहार गर्दै ४९ रन बनाए। बेन्जामिन वार्डले १८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेको थियो। ह्रारिसन कार्लियोनले १० बलमा  १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडे। त्यस्तै जाक ट्राईबले १४, जोन्टीजेन्नरले १२ र जुलियस समेराउरले ११ रन जोडेका थिए। बाकी ब्याटरहरूले दुई अंको रन बनाउन सकेनन्।

स्कटल्याण्डका मार्क वाटले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। त्यस्तै साफयान सरिफले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट, क्रिस ग्रीभिसले पनि २ विकेट नै लिए, उनले  ४ ओभरमा २६ रन खर्चे। मिकायल लिस्कले  २ ओभरमा ९ रन खर्चेर १ विकेट लिए। ब्राड कुरिले  ४ ओभरमा २६ रन र ब्राण्डन म्याकमुलरले २ ओभरमा १७ रन दिए।

यस अघि टस हारेर ब्यटिंगको निम्तो पाएको स्कटल्याण्डले २० ओभरमा ४ विकेट क्षतिमा १३३ रन बवाएको थियो। स्कटल्याण्डका लागि म्याथ्यु क्रस अविजित रहदै ४० बलमा ३ चौका प्रहार गर्दै ४३ रन जोडे।मार्क वाटले २४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेको थियो। त्यस्तै रिची बेरिङ्टनले १८ बलमा २ छक्का प्रहार गर्दै २० रन जोडे। माइकल लीस्कले १८ बलमा १५ रन जोडे। बाकी ब्याटरहरूले दुई अंको रन बनाउन सकेनन्।

जर्सीका ह्रारिसन कार्लियोन ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने बेन्जामिन वार्डले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएको थियो। चाल्स परचार्ड र जुलियसले समान एक एक विकेट लिए। 

आजै हुने अर्को खेलमा इटलीले नेदरल्याण्डलाई पराजित गरेमा जर्सी सजिलै छनोट हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →