← समाचारमा फर्कनुस्
Football Jul 06, 2024 · Swadesh

एभिएम र जेम्सलाई इन्टर स्कुल यु १६ फुटसलको उपाधी

एभिएम र जेम्सलाई इन्टर स्कुल यु १६ फुटसलको उपाधी

सत्य नारायण बहादुर श्रेष्ठ (एसएनबी) मेमोरियल इन्टर स्कुल यु १६ फुटसल टुनामेन्ट अन्तर्गत महिला तर्फ एभिएमले उपाधी जितेको छ भने पुरूष तर्फ जेम्स स्कुलले उपाधी जितेको छ। 


आदर्श विध्या मन्दिर स्कुले आयोजना गरेको यस प्रतियोगिता असार २० र २१ गते गरी दुई दिन सम्म भएको थियो। 

महिला तर्फ जेम्स स्कुल दोस्रो र सेन्ट जेभियर्स स्कुल तेस्रो भएको थियो । त्यस्तै पुरूष तर्फ सेन्ट जेभियर्स स्कुल दोस्रो र रोजवर्ड स्कुल तेस्रो भएको थियो। 


महिला तर्फ फेयर प्लेमा  एम्स एकेडेमीले जितेको छ।

पुरूष तर्फ फेयर प्लेमा एभेन्स स्कूल जितेको छ।


महिला तर्फ उत्कृष्ट खेलाडी एभिएमका कृतिशा तामाङ भए। त्यस्तै  पुरूष तर्फ उत्कृष्ट खेलाडी सेन्ट जेभियर्स जावलाखेलका  सुयम भक्त श्रेष्ठ भए।


सर्बोकृष्ट गोल कर्ता महिला तर्फ एभिएमका आरोशी शर्मा भने पुरूष तर्फ एभिएम श्रीजल पौडेलले पाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →