जय ट्रफी : उपाधिका लागि पुलिस र आर्मी भिड्ने

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको उपाधिका लागि दुई विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्।
पुलिसले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशमाथि पाँच विकेटको जित दर्ता गर्दै उपाधि निजक पुगेको हो। यस्तै मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा आठ विकेटले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको हो।
जनकपुरस्थित रामजानकी मैदानमा आइतबार बागमती प्रदेशले दिएको ११६ रनको लक्ष्य पुलिसले पाँच विकेट गुमाउँदै पूरा गर्यो।
पुलिसका लागि अमीत श्रेष्ठले ४५ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे। यसैगरी कप्तान कुशल भुर्तेलले ३२ र अर्जुन साउदले अविजित २० रन बनाए।
यता, बागमतीका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, प्रतिश जिसी र सूर्य तामाङले समान एक विकेट लिए।
बागमतीले दोस्रो इनिङमा २१८ रन बनाएपछि पुलिसले ११६ रनको लक्ष्य प्राप्त गरेको थियो।
प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो। यसअघि आर्मीसँग बराबरी खेलेको पुलिसले मधेश प्रदेशलाई हराएको थियो। यता बागमतीको यो पहिलो हार हो। यसअघि बागमतीले मधेश र आर्मीसँग बराबरी खेलेको थियो।
अर्को खेलमा वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आर्मीले मधेश प्रदेशमाथि आठ विकेटको सहज जित दर्ता गरेको हो।
मधेशले प्रस्तुत गरेको २८ रनको लक्ष्य आर्मीले दुई विकेट गुमाउँदै पूरा गर्यो। आर्मीका लागि तृतराज दासले ११, इम्रान शेखले अविजित आठ र बसिर अहमदले अविजित चार रन बनाए। मधेशका लागि दुवै विकेट प्रदीप पासवानले लिए।
फलो अनमा परेको मधेशले दोस्रो इनिङमा १५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो। आइतबार दोस्रो दिनको सुरुआत गरेको मधेशले १४८ रन थप्दा सबै विकेट गुमायो।
मधेशका लागि मायन यादवले ४९, कप्तान हरिशंकर साहले २५, अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमान्शु दत्तले ११ रन बनाए। आर्मीका लागि बसिर अहमदले चार, शाहब आलमले तीन र आकाश चन्दले दुई विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा २२५ रन बनाएको थियो। १०२ रनमै समेटिएपछिमधेश फलो अनमा परेको थियो।
यो जितसँगै आर्मीले ५५ अंक जोडेको तालिकामा शीर्ष स्थानमा छ। आर्मीले तेस्रो खेलबाट मात्र ३५ अंक हासिल गर्यो। यता पराजित मधेशले तीन खेलबाट ३१ अंक बनायो। उसले अन्तिम खेलबाट १० अंक मात्र बटुल्न सक्यो।
अब मंगलबार फाइनल तीन दिवसीय हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |