← समाचारमा फर्कनुस्
आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह निर्वाचित भएका छन्।
अक्टोबर २०१९ देखि बीसीसीआईको सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिल (एसीसी)को अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ बाट आईसीसी अध्यक्षका रूपमा कार्यकाल सुरु हुनेछ।
वर्तमान आईसीसी अध्यक्ष न्युजिल्यान्डका ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदै छ। उनले यो पद लगातार दोस्रोपटक सम्हालेका हुन्। तर हालै उनले तेस्रो कार्यकालको दौडमा सहभागी नहुने बताएका थिए।
निर्वाचित भएपछि शाहले आईसीसी टोली र सदस्य राष्ट्रहरूका साथमा क्रिकेटलाई विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो धारण व्यक्त गरे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |