← समाचारमा फर्कनुस्
Football Jul 30, 2024 · Swadesh

यु–१८ युथ लिग : जावलाखेल र पुलिस विजयी

यु–१८ युथ लिग : जावलाखेल र पुलिस विजयी

काठमाडौँ । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जावलाखेल युथ क्लब र विभागि टोली नेपाल पुलिस क्लबले हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा जावलाखेलले चर्च ब्वाइजमाथि ४-२ को जित हासिल गरेको हो।

जितसँगै जारी लिगमा जावलाखेलले पाँच खेलमा पाँच अंक जोडेको छ। पराजित चर्च ब्वाइजको पनि समान खेलबाट सात अंक नै छ। 

जावलाखेललाई जित दिलाउ प्रशान्त तामाङले एक गोल थपे। चर्च ब्वाइजका लागि अमनबहादुर तामाङ र पासाङ लामाले गरेको गोल सान्त्वना बन्यो।

खेलको २५औं मिनेटममा विवसको गोलमार्फत जावलाखेलले सुरुआती अग्रता लिएको थियो। पाँच मिनेटपछि नै प्रशान्तले टोलीको अग्रता दोब्बर बनाए।



अमनले ३५औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए। विवसले ७०औं मिनेट र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

यस्तै दिनको दोस्रो खेलमा पुलिसले सातदोबाटो युथ क्लबमाथि ६–१ गोलको सहज जित हासिल गरेको हो। 

यो सँग जारी लिगको पाँचौँ चरणको खेल सम्पन्न भएको छ। 

जिसँगै पुलिसले पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। यता, पराजित सातदोबाटोको समान खेलबाट चार अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →