← समाचारमा फर्कनुस्
Football Jul 15, 2024 · Swadesh

यु-१८ युथ लिग : एपिएफ र जावलाखेल अंक बाँडे

यु-१८ युथ लिग : एपिएफ र जावलाखेल अंक बाँडे

काठमाडौं । विभागिय टोली एपिएफ क्लब र जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगको आफ्नो पहिलोमा १-१ को बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा एपिएफ र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै अंक बााडेका हुन्।

खेलमा एपिएफका लागि आयुश फुयाल तथा जावलाखेलका लागि विवस दर्लामीले गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा आयुशको गोलमार्फत एपिएफले अग्रता बनाएको थियो। तर, ७०औं मिनेटमा विवसले गोल गर्दै जावलाखेललाई १–१ गोलको बराबरीमा अवस्थामन ल्याए।

त्यसपछि दुबै टोलीबाट थप गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए। यसैगरी सोमबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबविरुद्ध ७-२ को सहज जित हासिल गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →