← समाचारमा फर्कनुस्
एनपिएल : बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आज लिग चरणको अन्तिम खेल हुँदैछ।
कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने यो खेल दिउँसो ३:३० बजेदेखि हुनेछ।
कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन्। कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६/६ खेलमा १/१ खेल जितेका छन् भने ५/५ खेलमा हार बेहोरेका छन्। कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो।
जारी एनपिएलमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women