← समाचारमा फर्कनुस्
Cricket Dec 07, 2025 · Swadesh

रोमाञ्चक खेलमा कर्णालीले जनकपुरलाई हरायो

रोमाञ्चक खेलमा कर्णालीले जनकपुरलाई हरायो

काठमाडौँ। साविक विजेता जनकपुरलाई हराउँदै कर्णाली याक्स यो सिजनको एनपिएल पूछारमा रहेर अन्त्य गरेको छ। यो सँगै जनकपुरले ७ खेलबाट २ अंक बनाउँदै लिग सकायो। कर्णालीले ७ खेलबाट ४ अंक जोड्यो।


कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो। जनकपुरको लागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ५१ रन बनाए। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।


यस्तै, संगित कुरेले २५ रन बनाए। ओपनर माज सदाकत १६ बलमा १२ रन कप्तान जान निकलले १३ रन बनाए।


कर्णालीको लागि विलियन बोसिस्टोले दुई, मार्क वार्ट, पवन सराफ, नन्दान यावदवले कप्तान सोम्पाल कामीले विकेट लिए।


त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो।


कर्णालीको लागि ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा एक चौका र एक छक्का प्रहार गरे। 


गुलसन झाले २० बलमा १९ रन बनाए। प्रियांक पञ्चालले १६, विलियन बोसिस्टोले १५, नजिबुल्लाह जद्रान १२ बलमा १३ रन बनाउँदा कप्तान सोमपाल कामीले १८ रनको योग्दान गरे।


यता, जनकपुरको लागि बलिङतर्फ ललित राजवंसी र आदित्य महताले समान दुई विकेट लिँदा माज सदाकत, संगित कुरे र अनिल कुमार शाहले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →