जनकपुरको लगातार चौथो जित, लुम्बिनी अंक विहिन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएलमा) जनकपुर बोल्टसले लगातार चौथो खेलमा जित हािसल गरेकाे छ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले २० ओभरमा आठ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो र खेल एक रनले गुमायाे।
लुम्बिनीका लागिकप्तान रोहितकुमार पौडेल ३५ रन बनाउँदा टम मुर्सले ३१ रनको योग्दान दिए। यस्तै अर्जुन साउदले २० रन बनाएर आउट भए। आसुतोस हिरैयाले आठ रन बनाए। सन्दीप जोरा १६ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन्।
यता बलिङतर्फ जनकपुरका लागि हर्ष थाकेरले पाँच विकेट लिए। किशोर महतो, शेर मल्ल र ललितनारायण राजवंसीले समान एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्टसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो।
जनकपुरका लागि कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रनको योग्दान दिए। उनले ३९ बलमा चार छक्का र एक चौका प्रहार गरे।
यस्तै अर्का ओपनर आशिफ शेख १६ रनमा आउट हुँदा लाहिरु मिलन्था २४ रन बनाए।
यता लुम्बिनीका लागि अभिषेक गौतमले तीन तथा कप्तना रोहितकुमार पौडेल र साद बीनले समान दुई विकेट लिए। रोहितले १६औँ ओभरमा लागातार दुई विकेट लिएका हुन्। यस्तै सन्दीप जोराले एक विकेट हात पारे।
यसअघिका सबै खेलमा पराजय ब्यहोरेको लुम्बिनी अंक बिहिन छ। अपराजित जनकपुर आफ्नो विजयी यात्रा चौथो खेलमा पनि कायम राखेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |