← समाचारमा फर्कनुस्
Cricket Nov 30, 2024 · Swadesh

एनपीएल : विराटनगरमाथि जनकपुरको जित

एनपीएल : विराटनगरमाथि जनकपुरको जित

काठमाडौं । जनकपुर वोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै जनकपुरले विजयी सुरुआत गरेको हो।

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछाएको जनकपुरले १५‍‌.३ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। 

जनकपुरको जितमा लाहिरु मिलानथाले ७५ रनको अर्धशतकीय पारी खेले। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। 

यस्तै, हर्ष थाकेर २९ रन अविजित रहे। त्यसअघि ओपनर अनिल शाहले पाँच रन बनाउँदा अर्का ओपनर आशिफ शेख शून्य रनमा आउट भए। 

विराटनगरका लागि प्रतिश जिसि र क्रिस सोलले समान एक एक विकेट हात पारे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।

विराटनगरका लागि माटिन गुपटेल सर्वाधिक ५५ रन बनाए। उनले ४३ बलमा ७ चौका र १ छकका प्रहार गरे। लोकेश बम ५ रन बनाउँदै आउट भएका थिए। 

त्यस्तै अकिब इलयास १५ र निकोलस किर्तोन ९, बसिर अहमद ७, सन्दीप ७ प्रतिश जिसि २ रन बनाएर आउट भए। 

जनकपुरको लागि ललति राजवशिले ३ विकेट लिए भने, किशेर महत र हर्ष थाकरले समान २र२ विकेट लिए। मोहमद मोहिसनले १ विकेट लिए।

जितसँगै जनकपुरले पहिलो खेलमै दुई अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →