← समाचारमा फर्कनुस्
Cricket Nov 18, 2024 · Swadesh

जनकपुर बोल्टस्को जर्सी सार्वजनिक

जनकपुर बोल्टस्को जर्सी सार्वजनिक
जनकपुर-नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साझ  जर्सी अनावरण  गरेका  हुन ।

जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्र्तराष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्टसले सफलता पाउने बताए । 

जनकपुर बोल्टस्का जीएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए । जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्टस्ले यु-१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ । जनकपुरमा सोमबार साझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →