जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं। बिहान जस्तै नयाँ उज्यालो लिएर जनकपुर बोल्ट्सले शुक्रबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरको छ।
मधेश प्रदेशको क्रिकेट प्रेम र संस्कारको प्रतिबिम्ब बन्ने यस लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावनालाई समेट्ने विश्वास लिएकाे छ। यसले जनकपुर बोल्ट्स मात्र टिम होइन, मधेशका जनता, उनीहरूको पहिचान, र क्रिकेटप्रतिको आत्माभिमानको प्रतीक बन्ने अपेक्षा गरिएको छ।
इतिहासको पृष्ठभूमि
साविक विजेता जनकपुर बोल्ट्स, ड्रीम स्पोट्र्स प्रा.ली. अन्तर्गत, नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिगको एक हिस्सा हो। यो लिग २०२४ मा पहिलो पटक आयोजना भयो, जहा“ जनकपुर फाइनलमा विजेता बन्दै नेपाली क्रिकेटमा कहिल्यै नमिटेन छाप छोड्न सफल भयो।
जनकपुर बोल्ट्सले आफ्नो पहिचान अनुरुप लिगेसी राखेको छ। लाहिरु मिलान्थाले फाइनलमा ४९ बलमा बनाएको ८७ रन नेपाली क्रिकेट समर्थकले लामो समय सम्झिरहने छन्। जनकपुर बोल्ट्सको यो उपाधि यात्राका सारथी ललितनारायण राजवंशी उत्कृष्ट बलर र जिम्मी निसम मस्ट पावरफुल हिटर बनेका थिए।
के अर्थ राख्छ नयाँ लोगो ?
पहिचान र सांस्कृतिक आत्म सम्मान–मधेश प्रदेशको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक विविधतालाई लोगोमा समेट्ने विचारले, यस टोलीले ती जनतासँग आत्मीय सम्बन्ध कायम गर्ने अपेक्षा गर्दछ।
क्रिकेट भावना र प्रतिस्पर्धा– विजयको मौसमले देखाएको आत्मविश्वास अब लोगो र ब्राण्डिङ मार्फत अझ दृढ हुनेछ। साँच्चिकै दृढ र साहसी शैली, उत्साहपूर्ण प्रस्तुतिको वाचा यो लोगोले सत्य बनाउनेछ भन्ने विश्वास टिमले गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |