← समाचारमा फर्कनुस्
Cricket Dec 11, 2024 · Swadesh

जनकपुरको पहिलो हार, ५१ रनमा अल आउट

जनकपुरको पहिलो हार, ५१ रनमा अल आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले आज भएको खेलमा हराएको छ। 

बुधबार पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित रहँदै  सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो। यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो। 

यसअघि पोखरा एभेन्र्जसले चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो। जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे। उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे। 

जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए। ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गरेको थियो। सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए। तेस्रो विकेटका रुपमा आउट भएका विनोदले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै शेर मल्लको बलमा जोशुवा ट्रम्पबाट क्याच आउट भएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →