← समाचारमा फर्कनुस्
Cricket Dec 02, 2024 · Swadesh

जनकपुरको दोस्रो जित, कर्णाली आठ विकेटले पराजित

जनकपुरको दोस्रो जित, कर्णाली आठ विकेटले पराजित

काठमाडौं । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो जित हासिल गरेको छ। 

लगातार दोस्रो जित हासिल गर्ने क्रममा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको हो

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। 

जनकपुरका लागि कप्तान अनिल कुमार शाहले ३५ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए। अनिल ४२ बल ६ चौका र तीन छक्काको सहयोगमा ६२ रनमा अविजित रहे। 

यस्तै, अर्का ओपनर आशिफ शेखले ३६ रन बनाए। पहिलो विकेटका लागि अनिल र आशिफले ८४ रनको शानदार साझेदारी गर्दै जनकपुरका लागि राम्रो सुरुआत दिलाए। १३।५ ओभरमा आशिफ मौसम ढकालको बलिङ देव खनालबाट क्याच आउट भए। 

यस्तै, लाहिरु मिलनथाले २४ रनमा आउट भए भने जेम्स जिमिनिसम १६ रनमा अविजित रहे।

यता, कर्णालीको लागि मौसम ढकाल र जिसान मक्सुदले समान एक एक विकेट हात पारे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो। 

जितसँग जनकपुरले दुई खेलबाट चार अंक जोडेको छ। पराजित कर्णालीले भने पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →