← समाचारमा फर्कनुस्
Cricket Dec 19, 2024 · Swadesh

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदुरपश्चिमसँग भिड्ने

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदुरपश्चिमसँग भिड्ने

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपिएल०को उपाधिका लागि सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। 

बिहिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै फाइलमा सुदुरपश्चिमसँगको भेट पक्का गरेको हो। 

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा विकेट गुमाएर पुरा गर्‍यो।

जनकपुरका लागि जिमी निशामले सर्वाधिक ४५ रन बनाए। उनले १७ बलमा दुई चौका र ५ छक्का प्रहार गरे। यस्तै हर्ष ठाकेरले १७ तथा आकाश त्रिपाठीले १३ रन बनाए। 

कर्णालीका लागि बिपिन शर्माले तीन विकेट लिए। यस्तै कप्तान सोमपाल कामी, जिशान मक्सुद र विलियम बोसिस्टोले समान एक एक विकेट लिए। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ओभरमा ९ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। 

कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए। विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनिस ठकुरीले समान १२ १२, चाडविक वाल्टनले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी , जिमि निसम र मोहम्मद मोहसिनले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे। 

कर्णाली एलमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →