← समाचारमा फर्कनुस्
Cricket Dec 12, 2025 · Swadesh

जनकपुर बोल्ट्स एकेडेमी खोल्ने

जनकपुर बोल्ट्स एकेडेमी खोल्ने

जनकपुर बोल्ट्सले शुक्रबार मधेश प्रदर्शनका आठ जिल्लामा एकेडेमी खोल्ने घोषणा गरेको छ । एकेडेमीको नाम जेबी क्रिकेट एकेडेमी रहनेछ । सुरुमा एकेडेमी जनकपुरसँगै बारा र सिराहामा खोलिनेछ । पछि अन्यत्र पनि एकेडेमीको विस्तार गरिनेछ ।


एकेडेमीको प्रमुख उद्देश्य रहनेछ, ग्रास रुट स्तरमा खेलाडी उत्पादनमा केन्द्रित हुने र भविष्यका स्टार खेलाडी जन्माउने । बोल्ट्सको प्रेस विज्ञप्तीमा भनेको छ, ‘एकेडेमीमा व्यवसायिक प्रशिक्षकसँगै आधुनिक प्रशिक्षण सुविधा हुने छ । यस्तै क्रिकेटमा आफ्नो भविष्य देख्नेलाई सही मार्गनिर्देशन दिने प्रयास हुनेछ ।’


यस एकेडेमीमा बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपउल पनि आवद्ध हुनेछन् । एकेडेमी खोल्ने घोषणा कार्यक्रममै अर्को सिजनका लागि नि उनी नै मुख्य प्रशिक्षक रहने बताएको थियो । चन्द्रपउलले त्यस अवसरमा एकेडेमी नै कुनै पनि देशको क्रिकेट विकासको आधार हुने बताए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →