TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 07, 2025 · Swadesh

जनकपुरलाई १३० रनको सामान्य लक्ष्य

जनकपुरलाई १३० रनको सामान्य लक्ष्य

काठमाडौँ। कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा जनकपुर वोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ। 


त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनायो


कर्णालीको लागि ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा एक चौका र एक छक्का प्रहार गरे। 


गुलसन झाले २० बलमा १९ रन बनाए। प्रियांक पञ्चालले १६, विलियन बोसिस्टोले १५, नजिबुल्लाह जद्रान १२ बलमा १३ रन बनाउँदा कप्तान सोमपाल कामीले १८ रनको योग्दान गरे।


यता, जनकपुरको लागि बलिङतर्फ ललित राजवंसी र आदित्य महताले समान दुई विकेट लिँदा माज सदाकत, संगित कुरे र अनिल कुमार शाहले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →