← समाचारमा फर्कनुस्
यशस्वीको शानदार शतक

ओपनर यशस्वी जयसवालको उत्कृष्ट शतकको मदतले भारत भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो दिन शुक्रबार बलियो सुरुआत लिएको छ । नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भारतले दिनको खेल टुंगिदा दुई विकेट गुमाएर ३ सय १८ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतका लागि यशस्वीले शानदार १ सय ७३ रन बनाएर नटआउट छन् । उनले २ सय ५३ बलको सामना गरेर २२ चौका प्रहार गरेका छन् । उनलाई क्रिजमा २० रन बनाएका कप्तान शुभमन गिलले साथ दिइरहेका छन् ।
त्यस अगाडि अर्का ओपनर केएल राहुलले ३८ बनाए । यस्तै साइ सुदर्शनले १२ चौकोको मदतले ८७ रनको योगदान गरे । अब दोस्रो दिन यशस्वी आफ्नो दोहोरो शतक प्रहार गर्न प्रयासरत रहनेछ । दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |