← समाचारमा फर्कनुस्
अल्बानियामाथि इटालीको पुनरागमन जित

काठमाडौं । युरोकप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा साबिक विजेता इटालीले पुनरागमन जित हासिल गरेको छ।
सिग्नल इडुना पार्कामा शनिबार राति सम्पन्न समूह बी को खेलमा इटालीले अल्बानियामाथि २-१ गोलअन्तरले जित हासिल गरेको हो।
इटालीको जितमा अलेसेन्ड्रो बास्टोनी र निकोलो बारेलाले गोल गरे। नेदिम बजरामीको गोल अल्बानियाका लागि सान्त्वना बन्यो।
खेलको २३ सेकेन्डमै बजरामीले गोल गर्दै अल्बानियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको १० मिनेटपछि नै इटाली खेलमा फर्कियो। लोरेन्जो पेलेग्रिनीले दिएको पासमा बास्टोलीले गोल गरे।
१६औं मिनेटमै बारेलाले अर्को गोल थपे। त्यसपछि बाँकी समय कुनै गोल हुन सकेनपछि खेल इटालीले २-१ ले आफ्नो पक्षमा पार्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |