← समाचारमा फर्कनुस्
Football Sep 10, 2024 · Swadesh

इटालीको दोस्रो जित

इटालीको दोस्रो जित

काठमाडौं । इटालीले युइएएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

सोमबार राति भएको खेलमा इटालीले इजरायलमाथि २–१ गोलको विजयी हासिल गरेको हो।

इटालीको जितमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गरे। यता इजरायललागि मोहमद अबु फानीले गरेको गोल सान्त्वना बन्यो।

पाहुना टोली इटालीले खेलको ३८औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता बनाएको इटालीको लागि ६२औं मिनेटमा मोइस केनले गोल गरेपछि खेल २–० ले अघि बढ्यो।

९०औं मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो।

पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंक भएको छ। इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →