← समाचारमा फर्कनुस्
Cricket Sep 15, 2023 · Nepalsports

पाकिस्तानलाई हराउँदै श्रीलंका एशिया कपको फाइनलमा

पाकिस्तानलाई हराउँदै श्रीलंका एशिया कपको फाइनलमा

काठमाडौँ– घरेलु टोली श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ।

बिहीबार राति भएको सुपर फोर खेलमा पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै श्रीलंका उपाधि नजिक पुगेको हो।

अब श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा जितको लागि श्रीलंकाले २५२ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। 

श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →