← समाचारमा फर्कनुस्
इन्टरसँग शीर्षमा लाजियाको बराबरी

लाजियोले इटालीको सिरी ए मा आइतबार मोन्जलाई ३–१ ले हराएको छ र शीर्ष स्थानमा इन्टर मिलानसँग अंकको बराबरी गरेको छ । दुवै टिम यो सिजन सिजन लिगमा अपराजित छन् । उनीहरूको पाँच खेलबाट समान १६ अंक भएको छ ।
लाजियोको हात पारेको यो सिजनको पाँचौं जितमा भने नुनो टाभारेस, गुस्टाभो इसाकसेन र आन्द्रे पिनामोन्टीले एक एक गोल गरे । अन्य खेलमा भने एएस रोमा, युभेन्ट्स र एसी मिलान सबै बराबरीमा रोकिए । यो नतिजाले इन्टर र लाजियो दुवैलाई फाइदा गरेको छ ।
दस खेलाडीमा सीमित रोमा कोमासँग गोललरहित बराबरी रोकियो भने मिलान ससुलोसँग १–१ को बराबरीमा चित्त बुझायो । यस्तै युभेन्ट्सले कागलिरीसँग १–१ को बराबरी खेलेको थियो । लिग तालिकामा रोमा १६ अंकमा तेस्रो र कागलिरी १४ अंकमा चौथो स्थानमा छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |