← समाचारमा फर्कनुस्
लिग कप : इन्टर मियामी अन्तिम १६ बाट बाहिरियो

काठमाडौं । इन्टर मियामी लिग कपको अन्तिम १६ बाट बाहिरिएको छ।
बुधबार बिहान सम्पन्न खेलमा मियामी कोलम्बससँग ३–२ ले पराजित भएको छ।
मियामीको लागि खेलको १०औँ मिनेटमा माटिज रोजासले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको मियामीका लागि ६२औँ मिनेटमा डिअगो गोमेजले गोल गर्दै २–० को अग्रता दिलाए। तर, ६७औँ मिनेटमा क्रिष्टियन रामिरेजले गोल गर्दै खेल २–१ को अबस्थामा ल्याए।
६९औँ मिनेटमा कोलम्बसको लागि डिअगो रोसीले गोल गर्दा खेल २–२ को बराबरी अबस्थामा आयो।
त्यसपछि ८०औँ मिनेटमा पुन रोसीले गोल गरेपछि कोलम्बस खेलमा २–३ को जित दिलाए।
यस खेलमा घाइते भएपछि कप्तान लियोनल मेस्सी मैदान फर्किएका छैनन्। लुइस स्वारेज पूरा समय खेलेपनि गोलविहिन भए।
कोलम्बस क्रूसँग पराजित भएसँगै इन्टर मियामी लिग कपको अन्तिम १६ बाट बाहिरिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |