← समाचारमा फर्कनुस्
Football Aug 02, 2026 · Swadesh

रोमाञ्चक भिडन्तमा म्यानचेस्टर सिटी पराजित, इन्टर मिलान बन्यो च्याम्पियन

रोमाञ्चक भिडन्तमा म्यानचेस्टर सिटी पराजित, इन्टर मिलान बन्यो च्याम्पियन

हङकङ– शनिबार राति काई ताक स्टेडियममा आयोजित हङकङ फुटबल फेस्टिभल २०२६ मा इन्टर मिलानले म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै असही सुपर ड्राइ ट्रफी जितेको छ।


निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इन्टरका म्याटेओ लाभेलीले निर्णायक गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए। स्टेडियममा उपस्थित ४२,८२६ दर्शकहरू खुसीले झुमेका थिए।


म्यानचेस्टर सिटीका नयाँ म्यानेजर एन्जो मारेस्काले नतिजाबाट निराशा व्यक्त गरे पनि टोलीको प्रयासको प्रशंसा गरे। "हङकङमा आउन पाउँदा धेरै खुसी लागेको छ," मारेस्काले भने। "प्रशिक्षण र खेल दुवैमा धेरै समर्थकहरू उपस्थित थिए। आगामी सिजनको तयारीका लागि यो महत्त्वपूर्ण छ।"


खेलको १४औँ मिनेटमा एन्टोइन सेमेन्योको पासमा डिभिन मुबामाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर २०औँ मिनेटमा इन्टरका बेन्जामिन पाभार्डले फेडरिको डिमार्कोको क्रसमा गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो।


फेस्टिभलको दोस्रो तथा अन्तिम खेल आगामी बुधबार, ५ अगस्टमा चेल्सी र युभेन्टस बीच 'द हर्बल्गी ट्रफी' का लागि हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →