← समाचारमा फर्कनुस्
Football Sep 01, 2024 · Swadesh

मियामी ४-१ ले विजयी

मियामी ४-१ ले विजयी

काठमाडौं । इन्टर मियामीले मेजर लिग सकरमा सिकागो फायरलाई पराजित गरेको छ। 

आइतबार बिहान भएको खेलमा मियामी ४-१ ले विजयी भएको हो।

मियामीको जितमा लुइस सुआरेजले दुई गोल गरे। रफबर्ट टेलरले एक गोल गर्दा अर्को एक गोल भने टोबियास सालक्विस्टले उपहार दिएका थिए।

जितसँगै शीर्ष स्थानमा रहेको मियामीले २७ खेलबाट ५९ अंक जोडेको छ। समान खेल खेलेको सिकागो २६ अंकसहित २६औं स्थानमै छ।

मेस्सी घुँडाको चोटबाट निको हुन संघर्ष गरिरहेका छन्। त्यसैले उनी मैदानमा फर्किन सकेका छैन। यद्यपि, उनीबिना पनि मियामीले जित हासिल गरिरहेको छ।

टोबियासले २५औं मिनेटमै आत्मघाती गोल गर्दिँदा मियामीलाई सुरुआत गर्न सजपलो भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →